दलित महिला अधिकार कर्मी ले मागिन माफी । फेसबुक सामाजिक संजाल मा उनको स्टाटस जस्ताको तस्तै ।

दलित महिला अधिकार कर्मी सरु सुनार ले मागिन माफी । फेसबुक सामाजिक संजाल मा उनको स्टाटस जस्ताको तस्तै ।

प्रेस बिज्ञप्ति

पछिल्लो समयमा निकै बिबादित बनेको केयर बालगृहको सन्चालिका पुस्पा अधिकारीको “कार्टुनमा शिशु ” केशले सामाजिक संजालमा आलोचना , गाली , साथ , समर्थन र आ- आफ्ना बिचार धारणाको ओइरो लागेको छ ।

विशेष गरेर म आफू लामो समय पछाडि पारेका समुदाय साथै दलित हक अधिकार र न्यायको लागि लडदै आएको छु जसले गर्दा अन्तरास्ट्रिय N- Peace अवार्ड २०१९ नेपालबाट जित्न सफल भएको छु ।

म कुनै youtubar होइन, youtub च्यानल नराम्रो होईन साथै शिशु काण्ड बाहिरिए पछि त्यो घटनाको बारेमा सबैलाई चासो थियोे र मलाई चासोको विषय बन्नु स्वभाबिक थियो ।

सत्यता बुझ्न म गएको थिए म जादा ठुलो मिडियाको भिड जम्मा हुँदै रहेछ । शिशु नाटक मंचन उतिबेला अझै सत्ययताको गहिराईमा आएको थिएन , शिशुको आमा मिडियामा आएकी थिइनन त्यो बेला विभिन्न सत्यताका पाटोहरु आएका थिएनन र मैले बोल्ने क्रममा म बाट भुलबस सब्दमा म चिप्लिएको हो ।

जुन कुरा मैले भन्न अपाच्य थियोे त्यो शब्द म बाट आयो म कुनै बालगृहको सन्चालिकालाइ म कालोमोसो दल्ल गएको होइन र दल्ने योजना पनि होईन म बाट भएको सब्द प्रती उक्त बालगृहको सन्चालिकासग क्षमायाचाना गर्दछु साथै आम सबैमा पनि अगामी दिनमा उक्त घटनाबाट धेरै कुराको महसुस गर्दै अगाडि बढने छु ।

बालगृहमा विवाद र पुलिस केश भैसके पछि अनुसन्धानमा केही समय बच्चालाई उनिहरुको हित र बालमस्तिष्कमा कुनै असर नपरोस् भनी आधिकारिक सरकारले लिएर गएको विषयलाई म संग जोडेर जति पनि म प्रती अस्लिल र जातीय गाली गलौज गरिएको छ । उक्त कुरामा मेरो ध्यानाकर्षण भएको छ ।

गल्ती मानिसबाट नै हुन्छ पुस्पा अधिकारीले जुन गल्ति गर्नु भयो माफी माग्नु भएको छ , भाग्य न्यौपाने देखि सबैले रियालाइज गर्नु भएको छ । घटना र त्यहाकाे बस्तुगत अबस्था हेर्दा आबेग आक्राेसमा आएर म बाट केही गलत प्रस्तुति भएको हुनाले क्षमाप्राथी छु।अबका दिनमा घटनाकाे बास्तबिकता र पिडितलाई न्याय दिलाउन अझ ससक्त भुमिका काे साथमा अघि बढने जानकारी गराउन चहान्छु ।

म बाट बोल्ने क्रममा भएको जुन सब्दले पुस्पा अधिकारीलाई चोट पुर्याएको छ यसमा क्षमायाचना गर्दछु ।

धन्यवाद !
सरु सुनार