पहिलो बार्षिक उत्सव संगै मालदिभ्समा समिति गठन, अध्यक्षमा डा. कौशल तिवारी

मंगलबार २० श्रावण माले । मजदुरका लागी मजदुर अभियान संचालन गर्दै आएको नेपाली मजदुर एकता समाजले केहि दिन अगाडी मात्रै प्रथम वाषिर्क उत्सव पनि मनाएको थियो एक वर्षको अन्तरालमा निकै ठुला ठुला चुनौती पार गर्दै श्रमजीवी नेपाली हरुको पक्षमा निरन्तर संघर्षरत नेपाली मजदुर एकता समाजले कहि महिना अगाडी मात्रै विभिन्न २२ वटा देशमा संयोजक प्रतिनिधि तोकेर आवश्यक काम कारवाई अगाडी बढाउदै आएको थियो। यसै अन्तर्गत मालदिभ्स संयोजकमा धन बहादुर मगर (बिराट) ले जिम्मेवारी पाएका थिए ।

बिराटले आफु संयोजक चयन भए लगत्ये मालदिभ्समा अलपत्र परेका ७ नेपालीलाइ मालदिभ्समा कार्यरत डाक्टर कौशल तिवारी, कल्पना महर्जन लगाएतको सहकार्यमा करिब ३ लाख भन्दा बढी आर्थिक संकलन गरि सकुशल स्वदेश फर्काउने काम भएको थियो। साथै बिश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कै कारण नेपाली श्रर्मिक दाजु – भाइ, दिदी – बैनीहरुले भोक्दै आएका समस्या समधानका लागि नेपाली मजदुर एकता समाज निरन्तर संघर्षमा छ। पछी माल्दिभ्समा मजदुर एकता समाजको आवश्यकता रहेको बहस हुन थालेको थियो यसै क्रममा संयोजक विराट र डाक्टर तिवारीको सक्रियतामा १५ सदस्यीय समिति गठन भएको छ ।

नवगठित मालदिभ्सको केन्द्रिय कार्यसमिति निम्नलिखित रहेको छ ।
अध्यक्ष डा. कौशल तिवारी, वरिष्ठ उपाध्यक्ष सुजता कार्की, माहासचिवमा धन बहादुर मगर (बिराट), सचिव सोनु राना, कोषाध्यक्ष केबी भण्डारी, प्रवक्ता तुलारोका मगर, सदस्य देवि तामाङ, सदस्य सन्चारथिङ लामा,कुमार गुरुङ, रिता रुचाली, बिनोद घिमिरे, करिमा मोहमत नाजिर, सम्वु महिता, धुर्वराज बराल, अमर श्रेष्ठ