“सहि हो माया” गायिका बबिना किरातीको सार्वजनिक

काठमाडौं। नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ । को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक भएको छ ।

मिन प्रकाश ओलीको लय,शब्दमा तयार भएको गीतमा सनम पुरुष राईको एरेन्ज रहेको छ । एक्सन रेकर्डिङ्ग स्टुडियो अनाम नगरमा सुवास कुयुमी राईले रेकर्ड गरेको गीतलाई HBN किस्मतले मिक्सिङ गरेका हुन् भने तुलसी बास्कोटाले भिडियो निर्देशन गरेका हुन् ।

सुदिप स्माइली र आरुषी मगरको मुख्य अभिनय रहेको गीतको म्युजिक भिडियोमा कुल बहादुर ओली इन्द्र आले मगर ,गोपाल ज्ञवाली , सुशान्त, कृष्ण श्रेष्ठ ,सपना बस्नेत र अन्य कलाकार हरुको अभिनय गरेको छ । दिपक गुरुङ्गले कोरियोग्रफी गरेको भिडियोलाई राम कृष्ण चौलागाईले छायांकन गरेका हुन भने नरोत्तम पाण्डेले सम्पादन गरेका हुन् ।

गाउँले सोझी केटो लाई साथीहरुले रमाईलो गर्दै मजाक गरेको समय सन्धरमिक गीतको म्युजिक भिडियो पुर्वेली जूनतारा म्युजिक प्रा. लि को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ। सहि हो माया … बोलको गीतको म्युजिक भिडियो हेर्नुहोस: