अमेरिकामा नेपालीद्वारा संचालित सुविधा पसल अमेरिका मै शीर्ष स्थानमा ,पत्रिकाद्वारा सम्मानित

विजय थापा ,डिसी । अमेरिकामा नेपालीद्वारा संचालित सुविधा/सुलभ पसल अमेरिका मै शीर्ष स्थानमा पुगे पछि सम्मानित भएको छ । अमेरिकाभर राष्ट्रव्यापी रुपमा हरेक बर्ष कुन कन्भिनियन्स स्टोर चेन्स (सुलभ पसल समूह )कुन स्थान वा श्रेणीमा पुगेको छ भनि बजार सर्वेक्षण गरि शीर्ष १०० स्थानमा सम्म रहेका त्यस्ता पसललाई सि-स्टोर म्यागजिन(पत्रिका)ले हौशला प्रदान गर्दै सम्मान गर्दै आएको छ ।

यसै शिलशिलामा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मुख्यालय रहेको नेपालीद्वारा संचालित क्विक ट्रयाक सुलभ पसल १०० स्थान भित्र पर्न सफल भएकोले सम्मान गरेको छ ।

उक्त पत्रिकाका अनुसार गत बर्ष २०१९ मा नेपालीद्वारा संचालित क्विक ट्रयाक सुलभ पसल समूह जस्ता ९,४१९ मध्ये १६४ औ स्थानमा आएको थियो । तर २०२० मा क्विक ट्रयाक सुलभ पसल समूह जुलाई २०२० अन्त्य सम्म ७२ औ स्थानमा उक्लिन सफल भएको छ ।

सि-स्टोर म्यागजिन(पत्रिका)ले अमेरिकाभरिका यस्ता सुलभ पसल मध्ये मै नेपालीले संचालन गरेको पसल एक सय स्थान भित्र पुगेको हो । सुबिधा पसल समाचार अर्थात् कनभिनियन्स स्टोर न्यूजका अनुसार नेपालीद्वारा संचालित क्विक ट्रयाक इन्क २०२० को शीर्ष १० मध्ये श्रेणी(र्याङ्किग) पहिलो स्थानमा पुगेको जनाएको छ ।

उक्त पत्रिकाले क्विक ट्रयाकलाई यस बर्षको वर्षको सबैभन्दा ठूलो (बिगेस्ट मुभर अफ द ईयर) प्रेरक शक्ति भन्दै सम्मान गरेको छ । यस्तो सम्मान स्थान (लोकेसन)को आधारमा उक्त पत्रिकाले छनौट गरि सम्मान गर्ने गर्दछ ।

क्विक ट्रयाक सुलभ पसल समूह (क्विक ट्रयाक इन्क)का संस्थापक तथा संचालक ड्यालस टेक्ससका सफल व्यवसायी पासाङ्ग लामा हुन ।

उनिसंग हाल यस्ता कनभिनियन्स स्टोर(सुलभ पसल ) कूल १०२ वटा छन् भने ८० वटा उनिबाट नै संचालित रहेका छन । जहाँ सवारी साधनको ग्यास (इन्धन) पनि बेच बिखन गरिन्छ ।

लामाको पुर्खा पहाड घर रामेछाप हो भने उनि धनकुटा देब्रेवासका हुन । अध्ययनको लागि धनकुटाबाट काठमाडौँ र काठमाडौँबाट अमेरिका २३ बर्ष अगाडी आएका हुन् ।

दुई दशक अमेरिका आएता पनि उनले व्यवसाय १६ बर्ष अगाडी देखि सुरु गरेका हुन । यो सम्मानले हौशला र अझ राम्रो गर्नु पर्छ भन्दै खुशी व्यक्त गरेका छन्