अन्ततः आमाले खोलीन भित्री रहस्य, अर्जुनलाई यस्तोसम्म गरेको रहेछ, आमाका कुराले कस्को मन रुदैन होला (भिडियो सहित)

केही समय अगाडी काठमाडौमा एक बाबुले आफ्नो छोरालाई पिढ्युमा सटमा बाधेर आफुले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबुले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासोको बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तविक कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन । भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गतिलो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दुई बर्षको सानो छोरालाई ढाडमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए ।

काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोरालाई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए । अर्जुन एक कुशल गायक पनि रहेका छन । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गाउँमा पनि अन्य पुरुषसंग अनैतिक सम्बन्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले पटक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको र बरु आफ्नो गायक बन्ने सपना पनि पूरा हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परिवर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए । श्रीमतिले पनि मिडियामा आफुलाइ अर्जुनले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी छिन । के हो त भित्री सत्य कुरा भन्ने निचोट आएको छैन तर धेरैले अर्जुनको साथ दिइरहेको पाइन्छ ।

आज एक आमाले मिडियामा आएर अर्जुन र उनकी श्रीमतीको बारेमा सम्पुर्ण नीलीबेली बताएकी छिन । आमाले भित्री रहस्य बताएकी छिन अर्जुनलाई पहिलेदेखी यस्तोसम्म गरेको रहेछ । आमाका कुरा सुन्दा कस्को मन रुदैन होला तलको भिडियो हेर्नुहोला आँखा रसाउनेछन |