टिकटकले जुराएको जोडिको पहिलो अन्तरबार्ता, प्रेम-सम्बन्धको कुरा गर्दा लाजले भुतुक्कै, टिकटकबाट कति कमाए (हेर्नुहोस भिडियो)

पछिल्लो समय सामाजिक संजालको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा फेसबुक युटुब लगायत विभिन्न सामाजिक संजालका प्रयोगकर्ता बढेका छन । पछिल्लो छोटो समयमा निकै रुचाइएको टिकटक नेपालमा मात्र नभएर विभिन्न देशहरुमा ह्वात्तै प्रयोगकर्ता बढेका छन । टिकटकबाट सकारात्मक साथै नकारात्मक दुबै किसिमका कुराहरु नेपाली प्रयोगकर्ताहरुले गरेका छन । एकातर्फ केही समाजमा बिकृती फैलाउने मानिस रातारात भाइरल भए कतिलाई अन्य नेपालीहरुले भेटेर सम्झाएर तह लगाए भने अर्कातर्फ टिकटकले निकै राम्रा कलाकारहरु लाई जन्म दिएको छ ।

छोटो भिडियोमा आफुले अभिनय गरेर दुनियको मन जितेर म्युजिक भिडियो लगायत चलचित्रमा समेत धेरैले काम गरिसकेका छन भने कतिपय उदाउदै गरेका नयाँ कलाकार निखारिदै जाँदै छन । यसैगरी टिकटकबाट रातारात चर्चामा आएका धरानका अनुप राउत र रेश्मा बान्तवा राइले टिकटकको माहोल नै फेरिदिएका छन । फिल्मी शैलीमा निकै कुशल अभिनय गर्ने उनिहरुको अभिनय देखेर अहिले सबै चकित बनेका छन । आज सुपर अनलाइन टिभिका समीर सुबेदिले पहिलोपटक टिकटकले जुराएको भाइरल जोडीलाई मिडियामा ल्याएका छन । उनिहरुसंग घर परिवारदेखि प्रेम सम्बन्ध सम्मका सम्पुर्ण कुराहरु सुपर अनलाइन टिभीमा राखिएको छ जसलाई तलको भिडियोमा देख्न सक्नुहुनेछ । एक पछि अर्का नयाँ कलाकारको आगमन भइरहेका बेला यो जोडीको भबिस्य निकै सुनौलो देखिन्छ । प्रेम सम्बन्धका बारेमा सोध्दा लाजले भुतुक्कै बनेका अनुप र रेश्माले उनिहरुका गोप्य कुराहरु यसरी खोलेका छन तलको भिडियोमा हेर्नुहोला ।