गोरखाका मास्केद्धारा मानव सेवा आश्रमलाई १ लाख ८९ हजार सहयाेग

गोरखाका व्यवसायी शित्तलकाजी मास्केले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । जिल्लामा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएका मास्केले आफ्नो आम्दानीको खुद नाफाबाट ५ प्रतिशत आश्रमलाई सहयोग गर्ने पूर्व घोषणा अनुरुप यो सहयोग गरेका हुन ।

सोही अनुरुप आर्थिक वर्ष २०७५/०७६ मा भएको कमाईको ५ प्रतिशत रकम १ लाख ८९ हजार ५८० रुपैयाँ आश्रमलाई उपलब्ध गराएका हुन् । मानव सेवा आश्रमले दीन दु:खीहरुको पवित्र सेवा गरिरहेकोले यस्तो पवित्र कार्यमा आफूले प्रदान गरेको सहयोगले आश्रम सञ्चालन गर्न केही हदसम्म भने पनि मद्धत मिल्छ भन्ने मेरो विस्वास ब्यक्त गरे सहयोग प्रदान गर्ने क्रममा मास्केले ।

गोरखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी मास्केले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार एक कार्यक्रमका वीच आश्रमकी मुना लामालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । गोरखामा मास्केको २ वटा पम्प छन् ।

मास्केले कलश आयल स्टोर्सबाट एक लाख १६ हजार ६ सय ७० र मनास्लु ट्रेड एण्ड इन्टरप्राइरेज बाट ७२ हजार नौ सय १० गरी १ लाख ८९ हजार ५८० रुपैयाँ आश्रमलाई उपलब्ध गराएका हुन् । गत आर्थिक वर्ष २०७६/०७७ नाफाबाट प्राप्त हुने रकम आगामी वर्ष उपलब्ध गराउने उनको योजना छ । सहयोग रकमलाई निरन्तरता दिने मास्केले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मास्के आश्रमको अभिभावक परिवारका संयोजक पनि हुन् । २०७३ साल चैत ५ गते गोरखामा स्थापना भएको आश्रममा अहिले ४४ जना सहयोगापेक्षी मानिसहरुले आश्रय लिइरहेका छन् । ती मध्ये ३८ बालबालिका र ५ जना वृद्धाहरु रहेका छन् । आश्रमले विभिन्न सहयोगीदाताहरुकै सहयोग मार्फत सहयोगापेक्षीको पालनपोषण र शिक्षादिक्षाको प्रबन्ध समेत गर्ने गरेको छ ।

हार्दिक बधाई शित्तलकाजी मास्के र मानव सेवा आश्रमलाई ।

श्रोत: रामकुमार श्रेष्ठको फेसबुक