‘पीर नभाको को छ र?’ चर्चित गायक र गायिका पशुपति शर्मा र रमिला न्यौपानेको कोसेली (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। त्यस्तै लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको आवाजमा रहेको नयाँ तिज कोसेली ‘पीर नभाको को छ र?’ आजै सार्वजनिक भएको छ ।

पछिल्लो समय निकै चर्चा मा आएका दुवै गायक गायिका को मिठो गितमा पशुपति शर्माको लय र शब्द छ भने उक्त गितलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन । शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” बोलको गीतले चर्चा कमाएको थियो।

हेर्नुहोस पुरा भिडियो :