कार्टुनमा नानी फाल्नुको भित्री षड्यन्त्र यस्तो रहेछ , आक्रोशित हुदै यी आमाले गरीन डरलाग्दो खुलासा (भिडियो सहित)

काठमाडौं । विस्कुटको कार्टुनमा फेला परेकी बालिकाको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् । कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो । शिशु फेला परेपछि देश विदेशवाट सहयोग रकमको ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइएको थियो । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।

काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीलाई बिरोद गरिरहेको बेलामा एक आमाले मिडियामा आएर अन्य भित्री कुराहरुको रहस्य खोल्नु भएको छ ।