कस कसलाई पर्ने भयो नराम्रो असर ? मुना को दरिलो प्रहार ! कानुन फितलो भयो भनी हामी नारि छोड्दैनौ ! (भिडियो सहित)

काठमाडौं । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ । नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय । तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।

यसै बिषयमा केन्द्रित हुदै सामाज सेवी मुना श्रेष्ठ ले आफ्नो अभिव्यक्ति सामाजिक संजाल फेसबुक लाइव मार्फत पोख्नु भएको छ हेर्नुहोस ।