आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो सडकमा पैसा कमाउनकै लागि : समाजको घिनलाग्दो पाटो

गृष्मा राजभण्डारी र राममान डंगोल, (ईमेज खबर बाट साभार)
काठमाडौं, साउन १९ । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ ।

नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय ।

तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् ।

चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।

उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ ।

चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।
(ईमेज)
भिडियो हेर्नुहोस्

पुष्पा अधिकारी संग को बिशेष अन्तरबार्ता उनि के बोलेकी थिइन पहिला यो पनि हेर्नुहोस !