“चितामा दागबत्ति” शिशिर शर्माको लय शब्द, अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको स्वर आयो”

राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिकतालाई आफ्नो शिरमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य माइला गुरुले फेरी अर्को सांगीतिक कोसेली लिएर आएका छन् । उनले यस अगी मलाई माया गर्छ्यौ कसरि, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । यिनै गीतहरुको सफलता पछी अमृतको यो “चितामा दागबत्ति” पछिल्लो प्रस्तुति हो । उनको यस पटक बजारमा आएको गीतमा , यदि म अकालमा नै मृत्युको मुखमा पुगेछु भने आँशु नझार्नु, सकिन्छ भने फेसबुकको भित्तामा फोटो राखेर श्रद्धान्जली दिनु भन्ने किसिमको भाव समाबेश गरिएको छ ।

निकै घत लाग्दो भावमा तयार भएको यस भाकालाई अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना अर्का प्रतिभावान कलाकार शिशिर शर्माले तयार गएका हुन् । “चितामा दागबत्ती” बोलको गीतको म्युजिक भिडियोमा अमृत आचार्य माइला गुरु, शिशिर शर्मा, रीतिका अर्याल र बाल कलाकारहरु आयुष आचार्य, अश्मिता आचार्य, मनिषा पुलामी मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा दमको रोगबाट मृत्यु भएका एक आफन्तको वियोग उतारिएको छ सुन्नमा आए अनुसार यस गीतको भाव गायक अमृत आचार्य माइला गुरु र सर्जक शिशिर शर्मा दुबैको जिबनमा घटेको यथार्थ भाव भनिएको छ । भिडियोलाई निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् भने छायांकन जयन्द्र रावल र सम्पादन मिडिया पिक्चर्स नेपालले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।