मलाई थाहा छैन म अब को हुँँ। पुरानो कुराले फेरी रुवायो अभिनेत्री परमितालाई, मागिन् माफी (भिडियो सहित)

काठमाडौं, अभिनेत्री परमिता आरएल राणाले भिडियो सार्बजनिक गरेकी छन आफु सवार कार दुर्घटनाले आफुलाई फेरी पनि दुखि बनाएको भन्दै। उनले भिडियोमा माफी पनि मागेकी छन् । रुदै लाईभ आएकी उनले भर्खरै विवादमा आएको टिकटक भिडियोमा रिप्लाईको कुरामा पनि बोलेकी छन् । उनी सवार कारले गत मंसिर २८ गते बुढाानिलकण्ठमा लीला देवकोटालाई ठक्कर दिएको थियो । दुर्घटनामा देवकोटाको ज्यान गएको थियो । उनी अघिल्लो रात ठमेलमा समय बिताएर भोलिपल्ट विहान शिवपुरीबाट फर्किने क्रममा भएको दुर्घटना भएको थियो । कार भने पृथ्वी मल्लले चलाएका थिए ।

उनले आफ्नो सामाजिक संजालमा लेखिएको स्टाटस यस्तो छ : : मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ। तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ।

त्यसको स्क्रीनशट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन । म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु। म अत्यन्तै क्षमाप्रार्थी छुँ। मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन। मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन। म बुझ्छु, म प्रतीको रिस र आक्रोश। मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन। र म फेरी पनि माफि माग्न चाहन्छु। यो म होईन। म प्रतीको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। मलाई वर्षाईएका नकारत्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो।

र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग-अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो। सर्वसाधनले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ। म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ। म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्‍याउने छैन। म साँच्चिकै दुखी छु। मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन। मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु। म आँफै प्रती निकै नै लज्जित छु।