थाहा पाई पाई पनि ती आधुनिक आमाबुवा आफ्ना बच्चाहरुलाई जंकफूडको लत लगाउन मस्त छन । जंक फूड र बाल्यकाल

अपरा थापा भट्टराई,
जंक फूड धेरै बालबालिकाहरुको मन पर्ने खानामा पर्ने गर्छ। यही जंक जन्क फूडको लतले गर्दा हाम्रा बालबालिकाहरुको मस्तिष्क सुस्त बन्दै गैरहेको अवस्था छ भन्दा फरक नपर्ला। अहिलेको दौडधूप र प्रतिस्प्रद्धाको जीवनशैली,खानपिन र यसको प्रभाव सोझै ती बालबालिकाहरुको दैनिकी जीवनमा परिरहेको कुरा नकार्न सकिन्न।

आमा बुवाको कार्य व्यस्तताले ती साना नानीहरुलाई जंक फूडको क्रेजी बनाई दिई सकेको छ। आमा सोध्ने गर्छिन, नानी खाजामा के लाने चाउचाउ,पिज्जा, कुकी आदि। उता छोराछोरी पनि मक्ख पर्छन अनि भन्छन “माई मम्मी इज द बेस्ट “। हामी कतातिर ढल्किदै छौ त ? स्वास्थ्यकर खाजा बनाएर पठाउनु त कहाँ हो कहाँ ? थाहा पाई पाई पनि ती आधुनिक आमाबुवा आफ्ना बच्चाहरुलाई जंकफूडको लत लगाउन मस्त छन्। उता बच्चाहरु स्वादको पछाडी नराम्रो संग धकलिदै छन्।

थाहा पाई पाई पनि ती आधुनिक आमाबुवा आफ्ना बच्चाहरुलाई जंकफूडको लत लगाउन मस्त छन ।

ती खाजा,खानको प्रभावले उनीहरुको साना मस्तिस्कले भोलिको भबिष्यलाई कसरी सुस्त पारिरहेको छ मनन गरौं त ? लाग्छ यी सबै दार्शनिक कुरा हुन्। विचार गरौं त ! ती भोलीका पिढी अनि जंक जन्क फूडको नकारात्मक लत । स्वस्थ्य समाज निर्माण गर्न,स्वस्थ व्यक्तिको खाँचो पर्छ। राम्रा खानपिन, शारीरिक ब्यायाम ,स्वस्थ मुटु भए पो भोली ती बालबालिका युवा अबस्थामा पुग्दा स्वच्छ विचार स्वस्थ शरीर लिएर अगाडी बढ्न सक्छन त । नत्र सोचौ त जंक फूडको नकारात्मक जीवन शैलीको भविष्य भबिस्यको निश्चित रोगी जीवन अनि आजको आधुनिक समाज ।

आफूले रोजेको छोटो छरितो र सजिलो जंक फूडको प्रविधिले अहिलेलाई त केही सजिलो बनायो होला नै । तर ती हाम्रा मौलिक दाल,भात,जाउलो,खिचडी, चिउरा ,तरकारी,हलुवा,रोटी र फलफुललाई कति पछाडी पlर्यो । र चाउचाउ,पिज्जा,बर्गर संस्कृतिलाई प्रोत्साहन गरिरहेको छौ । अझै भन्नु पर्दा यी जंक फूडले स्वस्थ व्यक्ति समाज र सिंगो राष्ट्रलाई लुलो अपाङ्ग बनाइरहेको छ । यस्तो संबेदनशील बिषयलाई बिसयालाई कसरि हामी नजरअन्दाज गर्न सक्छौं ? अहिलेको सजिलो जीवनशैली लागि भोलीको भविष्य माथि कसरी खेलबाड गर्न सक्छौं ?

हाम्रा मौलिक दाल,भात,जाउलो,खिचडी, चिउरा ,तरकारी,हलुवा,रोटी र फलफुललाई कति पछाडी पlर्यो |

भनिन्छ नी जे हामी सोच्छौं हामी त्यही हुन्छौ । जस्तो खानपान शैली छ त्यस्तै जीवन शैली हुन्छ र त्यस्तै विचार बन्दै जान्छ। विचार बिज्ञानमा पोषणयुक्त खानेकुराको महत्व कतिको रैछ त । सोचौ त एकपटक ! हामीले खाने खानासंग भोलिको स्वस्थ समाज कसरी जोडिएको छ । असल चरित्र निर्माण गर्न असल खानपिन,सोच अनि असल ब्यबहार कतिको महत्व राख्छ विचार गरौं है।

जंक फूड क्रेजले रोगी समाज निर्माण गर्न कतै सहयोग त पुर्यारहनु भएको छैन ,मनन गरौं है । ती कलिला मस्तिस्कमा जंक फूडको लत लगाइदिन कदापी हुदै हुदैन ।

अपरा थापा भट्टराई
सामाजिक अभियन्ता ,नेपाल