‘बिर गोर्खाली’ सार्बजनिक : अम्बिका गुरुङको शब्द तथा शंकर थापाको स्वरमा (भिडियो सहित)

काठमाडौँ – भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ एनिभर्सरिको उपलक्ष्यमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गित ‘बिर गोर्खाली’ सार्बजनिक भएको छ। बरिष्ट गीतकार तथा साहित्यकार अम्बिका गुरुङले रचना गरेका आफ्ना गित संगीत तथा साहित्यका भिडियोहरुलाई भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन। दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरुले करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ। भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई समेत उनले आभार ब्यक्त गरेकी छिन।

बरिष्ट गीतकार अम्बिका गुरुङ शब्द, गायक-संगीतकार शंकर थापा स्माइलको स्वर तथा संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ बुद्ध थापाले छयांकन गरेका हुन् भने निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन्। बीर गोर्खाली एउटा स्रोत सामग्री भिडियो हो। यस भिडियोलाइ हेरेर जो कोहिले पनि आफ्नो देशको लागि गर्व गर्न सक्नेछन भने निर्देशक निशान कश्यपको कडा परिश्रम र समर्पणका लागि समेत सम्पूर्ण दर्शकहरुले धन्यबाद दिने कुरामा गीतकार गुरुङ बिस्वस्त छिन। पाँच मिनेटको भिडियोमा तपाईहरुले सम्पूर्ण नेपालको गौरवशाली मान्छेहरुलाई देख्न र चिन्न सक्नुहुनेछ र हाम्रो नेपाल के हो र हामी को हौं भनेर जान्न पनि सक्नुहुनेछ। भिडियो हेर्नुहोस :