प्रेम संञ्जेल किन कुटिए ? श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख !

बीरेन्द्रकुमार साह, नेपालमा ईमान्दर मानिसको कदर छैन र हुदैन । आफु पनि घुस नखाने र अरुलाई पनि एक सुक्का घुस खान नदिने प्रेम संञ्जेललाई कुटिएको छ ।

आफ्नो सरुवाको विषयमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई ठाडो चुनौति दिने संञ्जेल आफ्नै कार्यलयका कनिस्ट कर्मचारीले पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले हानेका थिए ।

कार्यलयको कामकै शिलशिलामा शनिबार कार्यलय पुगेका संञ्जेललाई कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कार्यलयको कामको शिलशिलामा भएको भनाभन कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख सन्तोस खड्काले जनाकारी दिए । संञ्जेललाई कोठाभित्र थुनेर चुक्कुल लगाएर कुटेको बताईएको छ ।

संञ्जेलालाई श्रम तथा रोजगार कार्यलय विराटनगरबाट पटक–पटक सरुवा गर्न खोजिएको थियो । तर मन्त्रीस्तरको तहबाटै उनलाई सरुवा गर्न नसकेपछि उनलाई बिवादमा ल्याएर अन्यत्र सरुवा गर्न षड्न्त्रगरिएको बताईएको छ ।

उनी श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख हुन्।