तनहुँमा फेरि चितुवाको आक्रमण, घाँटी भरी प्वाल नै प्वाल (भिडियो)

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं १ समस्तीपुरकी ८ बर्षिय बालिका अमिसा थापामगर चितुवाको आक्रमणमा परि घाईते भएकी छन् । शनिबार साँझ भान्छाबाट निस्कने क्रममा उनीमाथी चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट उनको घाँटीमा धेरै प्वालहरु परेको स्थानीयहरुले बताएका छन् । चितुवाले उनलाई नजिकैको कफि घारी सम्म पुर्याएको थियो । गाउँलेहरुको सहायतामा उनको उद्दार गरिएको स्थानीय रमिला दवाडीले बताईन् । उनका अनुसार रातको करिब ९ बजे आसपासमा चितुवाले बालिकामाथी आक्रमण गरेको थियो । उनलाई उपचारका लागी चितवन पठाईएको छ । हेर्नुहोस् स्थलगत रिपोर्ट