दाल र भात खाएर गुजारा गरेको छु तर मेरो छोरालाई ठेला गुडाएर पनि दूध खुवाएको छु | (भिडियो सहित)

काठमाडौं / १७ साउन । सरु सुनार,
एकाएक भाइरल बन्यो एउटा तस्बिर जुन तस्बिर सरु सुनारले आफ्नो मोबाइलमा कैद गरि आफ्नो फेसबुकबाट पोस्ट गरेकी थिइन् । फोटो पोस्ट गरेको केही छिनमै सामाजिक संजालमा भाइरल बन्यो ।

जुन तस्बिर थियोे कैलाली घर भएका अर्जुन बिकको पसिना पसिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता लगाएका भर्खरका युवाले, आफ्नो सानो दुई बर्षको छोरालाई त्यही लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए ।

सानो बच्चा बाबुको पिठ्युँमा निकै खुसी र प्यारो देखिन्थे । उक्त तस्बिर ठेला गुडाउदै , छोरालाई पिठ्युँमा बोक्दै गरेको तस्वीर र केही लेखी सरु सुनारले पोस्ट गरेकी थिइन ।

यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ , धेरैले अर्जुनको मिहिनेत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र संमान गरेका छन् । हिजो बिहान सम्म कसैले नचिनेका अर्जुनलाई उक्त फोटो पोस्ट पछि बसेको कोठा मै मिडियाले घेरेको छ ।बाटोमा ठेला गुडाउदा समेत ओहो यो तस्बिर त हिजो फेसबुकमा देखेको थिए भन्दै बच्चालाई पैसा दिएका छन् ।

बच्चा जन्मेको ४ महिनामा नै आमाको काख र माया नपाएका यी दुई बर्षका बालक कहिले इन्डिया ठूलो आमा , बुवासग छन् त कहिले हजुरआमासंग जन्म दिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान प्रतिको माया र जिम्मेवारी जन्माउने आमालाई नभएको नै हो त ? बाबुआमाको सम्बन्धको दरार होस् या अन्य कुनै कारण तर आज यो अबोध बच्चाले आफ्नो आमाको ममता र छहारीबाट भने टाढा नै रहेको छ ।

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् । अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आमाले छोडेको हो , धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बस्न सक्दिन , काठमाडौंमा गाएक बन्छु भनी सपना बोकि आज भन्दा ४ बर्ष अगाडी आए ।तर समय र परिस्थिति मैले सोछे जस्तो भएन , आज यहि छोरालाई पाल्न यसरी मेहनत गरेको छु ।

धेरै पटक लडेको छु ठेलासंगै अनि धेरै पटक चोट लागेको आफ्नो शरिरका चोट र हातहरु देखाउदै अर्जुनले आँखा भरि आँसु छचल्काउदै भने सागसब्जी र मासु नखाएको त कति महिना भयो , दाल भात खाएर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।

आफ्नो छोराको लागि जस्तो सुकै मिहिनेत गरेर पनि छोरालाई हुर्काइ ठुलो मान्छे बनाउने सपना बोकेका अर्जुनको यो महानता, यो मिहिनेत र सन्तान प्रतिको जिम्मेवारीले एकपटक जो कोहिलाई पनि सोच्न बाद्य बनाएको छ , आँखा रसाएको छ ।
बाकी भिडियोबाट … .- थाहा अनलाइन