जनै पुर्णिमाा बिशेष ब्यङ्ग्य तु हाल्दिनुस : ब्यङग्य कविता : चाइनिज जनै

शिरमा लाउने टोपी देखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लाग्यो अब ।

हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा’ को
हरे कठै त्यहि पनि चाइना बाटै आ ‘को ।

छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनि ।

खुस्स छिर्यो पसलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो ।

जमना नि कस्ता अाए खाेज्नि छिटाे सस्ताे
साेच्दैनन् खै किन हाेला हाे त्याे समान कस्ताे!

फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाइएको जनै ।

न त धोएको ,मन्तरेको ,न गरेको केहि
पसलबाट किनी लाउदा आज जनै त्यहि ।

सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ति जनै लाउदा काेराेना नि आउला ।

जसरि नि पैसै पार्ने ब्यापारीकाे धर्म
काे छुट्याउने हरे कठै कर्म र कुकर्म!

के चाँही बिक्छ नेपालमा अध्यन गरि गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरि ।

राेग देखि भाेग सम्मका उसकै सामान सबै
उहि फैलाउछ राेग पहिला अनि बेच्छ दबाइ!

शराद लाउला तिथि आउला पण्डित कँहा पाउला
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला ।

अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रह्यो चाइनिज पण्डित बनि ।

संस्कृतका ति मन्त्रलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यँहा छाडी नाम खालि ।

मन्त्र भरेका मोबाइल बोकी पण्डित जस्तै गरि
आउछन् होला चाइनिज पण्डित अब बजार भरि ।

जनै उसको चल्ने भएसी चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग -च्याङ्ग चुङ्ग- चुङ्ग भनि ।

अर्जुन राज पन्त ,बाग्लुङ मुलपानी,हाल अमेरिका
कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्य “काेइली “का समेत लेखक हुन