युरिक एसिड भएकाले के खाने, के नखाने ?

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ ।

जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ ।

जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ ।