के यो नाबालक जन्मिनुमा महिला एक्लै मुख्य कारक हुन त ? यसमा त्यो कायर बिज बाहक पुरुषको केही भुमिका छैन ?

समाज सेवी, सामाजिक अभियन्ता शरिन ख्युङ्वा तामाङ आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :

यो दुधे नाबालक नानीलाई देख्दा । त्यो आमाको मन धेरै रुएको हुनुपर्छ । तर बाउ कायर गैरजिम्मेवारीको कारण नतिजा । बाउआमा ज्युदो हुदाहुदै टुहुरा भयो नाबालक। अपराधी महिलापुरुष दुबैलाइ कारबाही हुनुपर्छ ।

यो कार्टुनको नानिको बारेमा सबैले आ आफ्नो अवधारणा तर्क बितर्क व्यक्त गरियो । धेरैले यी नानीलाई जन्माउने आमाको बारेमा तथानाम गालिगलौज गरेको पनि देखे तर थोरैले मात्रै केहि सकारात्मक तर्क राखेको देखे । र आज म आफ्नो तर्क राख्ने तयारीमा छु मित्रहरू हाम्रो नेपाली समाजमा बिध्यमान सोचहरु छोराछोरी सप्रे बाउको नाक घोकृने नसप्रे आमा दोषी चाहे त्यो आमा सन्तानको उज्यालो भबिस्यको लागि सात समुन्द्र पारिको देशमा श्रन गरेको किन नहोस् दोषी हुनैपर्ने । आफ्नो सन्तानको जिम्मेवारी त बाउआमा दुबैको होनि हुन्छ तर फल सपृदा आहा भन्ने नसप्रीदा आमा दोषी बनाउने तितो अनुभव मसङ्ग पनि भएकोले आज म पनि 14 बर्ष पछि परिक्षण कालमा छु ।

त्यसैले तलको नाबालक नानिको तस्वीर झट्ट हेर्दा के किन कसरी सक्यो गर्यो आफ्नो सन्तानको माया लागेन आदि इत्यादि अनेकौं प्रश्न समाजले उठ्नुलाइ पनि म स्वभाबिक नै भन्छु । तर के यो नाबालक जन्मिनुमा महिला एक्लै मुख्य कारक हुन त ?? यसमा त्यो कायर बिज बाहक पुरुषको केही भुमिका छैन ?? शारीरिक सम्बन्ध यौन चाहना त्यो अपरिचित महिलाको मात्रै हुन्छ वा थियो त्यो कायर पुरुषको थिएन ?? अनि बिज उत्पादन महिला एकलबाट सम्भब छ हुन्छ र ???

कदापि हुदैन दुबै ती अपरचित महिलापुरुषको चाहना अनि संसर्गले जन्माएको यो नाबालको दोषी अपराधी त्यो एकल महिला मात्रै होइन थिएन त्यो पुरुष पनि थियोे जसले बिज हाल्यो आफ्नो जिम्मेवारीबाट कायर सरि भाग्यो फरार भयो अनि त्यो एकल महिला फस्यो । समाजको डरलाग्दो गाली खानु बदनाम सहनुलाइइ उनी नराम्ररी फस्ने डरले बदनाम हुने त्रासले आफुले जन्माएको नाबालक छोरिलाइ माया लाग्दा लाग्दै आँसु र दुधको दस धारा चुहाउदै नानीलाई राम्रोसँग ब्यबस्थापन सहित संस्थाको आँखा पर्ने गरि कार्टुनमा हालेर राखिदिनु भनेको उनको बच्चा सुरक्षित साथ सङ्स्थाको हातमा परोस भनेर राखिदिदै हुनसक्छ परबाट उनी टुलुटुलु हेर्दै होलिन आफ्नो नाबालक नानिलाइ अन्तिम बिदाको हात हल्लाउँदै टुहुरा नै सहि तर संस्थामा राम्रोसँग हुर्किन्छ लालनपालन राम्रो हुन्छ भनेर नै होला त्यसरि ब्यबस्थित तरिकाले छोडिन त्यो नाबालक नानीलाई त्यो अपरिचित महिलाले ।

यति भनिरहदा महिला यानिकी त्यो आमा मात्रै सिङ्गो समाजको नजरमा आउनु पर्ने बाउ यानिकी त्यो कायर पुरुष चाहिँ किन न आउने ?? पुरुष पनि उत्तिकै जिम्मेवारी हुदाहुदै किन चोख्याउने गर्छ हाम्रो समाजले ?वयती लेखिरहदा यो सानी दुधे नाबालक नानिलाइ लावारिस पार्ने त्यो आमाको समर्थन वा संरक्षकत्व मेरो कदापि होइन । बस यति हो कि शारीरिक सम्बन्ध यौन चाहना दुबै महिलापुरुषले पूरा भयो गर्यो तर दोष अपराधको भागिदार अपराधी दुबै हुनुपर्नेमा मिलेर पूरा गर्यो भने त्यो महिलालाई मात्र किन दोषी करार गरियो गालीगलौजको अपराधको भागिदार दुबै हुनपर्ने किन गरिएन ?? भन्ने तर्क सहित सजायको भागिदार गालिगलौज बदनामिकी भागिदार दुबैलाइ खोजी कडा कारबाही हुनुपर्छ भनेर भनौ।

नोट ?️?️?️ मेरो यो status सिर्फ ती गैर जिम्मेवारी पुरुषको लागि हो जो आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने आफ्नो सन्तान माथी अभिभावकत्व दिन नसकी कायर सरि भाग्नेहरु पुरुषहरूकोको लागि मात्रै हो भएकोले बाकी सज्जनन पुरुष मित्रहरू दाजुभाइहरुले टाउको नदुखाउनु होला तपाईंहरु सबैको उच्च सम्मान छ मेरो सदा हुनेछ।
भाको के थियो समाज सेवी पुष्पा अधिकारी संग को बिशेष कुराकारी पनि हेर्नुहोस