बोल्न नसक्ने श्रीमती, सुत्ने ठाउँमा पानीको ताल, चुहीने झुपडीमा खानेकुरा केही छैन (भिडियो)

कास्कीको अन्नपुर्ण गाँउपालिका पाउँदुरका टेक बहादुर मल्ल ठकुरी, जसको उमेरले तिन बिस नाघि सक्यो । बुढेसकालले छपक्कै छोपिसक्यो । शरिर शिथिल हुदैगयो, र हातखुट्टाहरु शक्तिहिन हुदै गए । उनी आफ्नी अर्धाङ्गिनीसंग मध्यपहाडी लोकमार्गको छेउमै एक सानो झुपडिमा बस्छन् । मुख्यमन्त्री, मन्त्री र नेताहरुका गाडिले उछिट्याएका पानीका थोपाहरु उनको ओछ्यानसम्म पुग्छन् । हरेक जसो वर्षातको समय उनि पानीको आहालमा सुत्नु पर्छ । तर, उनको त्यो झुपडिमा कुनै नेता र मन्त्रीका नजर परेनन् । उनि अचेल हरेक दिन जसो छानो हेरेर दिन विताउछन्, चुलो कुर्छन् र ओछ्यानको पानी उभाउछन् । अहँ, सिहँदरबार पुगेन उनको आगनमा, श्रमिति थलिएर ओछ्यान पर्दा पनि पुगेनन जनताका प्रतिनिधि उनको बलेनीमा । हुन त, घरको बलेनी नै कहाँ छ र ? ओछ्यानमा पानी झर्ने घरको पनि बलेनी हुन्छ र ? हो त, उनि खुला आकासमुनी जिवन काटिरहेका भन्दा पनि फरक नपर्ला । धर्तिलाई आगन र आकासलाई छानो बनाएका छन् उनले (हेनुहोस् पुरा भिडियो)