आजको राशिफल साउन १६ गते शुक्रबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल साउन १६ गते शुक्रबार ई. सं. २०२० जुलाइ ३१, नेपाल सम्बत ११४० गुल्लाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, एन्द्रा योग, बव करण ।

नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ६ ः ५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ८ मिनेट देखि १० बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन। अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । भोगविलासमा मन जानेछ । बन्दव्यापारमा समेत सोचेजस्तो लाभ हुँदैन । ऋणसापटी लिनदिन आजको दिन अनुकूल हुँदैन । पारिवारिक जीवन निराशापूर्ण रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, त) –प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन भने सहयोगीहरूले राम्रो साथ दिनेछन । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आफ्नै घरमा चन्द्रमाको उपस्थिति भए पनि समय त्यत्ति भरपर्दो छैन । श्रममूलक काममा निकै खट्नु पर्ने समय छ । व्यवहारिक समस्याले सताउन सक्छ । बन्दव्यापार र पेसा÷व्यवसायमा सफलता नै मिल्ने समय छ । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच पलाउन सक्छ, तर कार्यान्वयन पक्ष जटिल छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छनतर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनाले मनमा उमङ्ग र उत्साहको कमी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ