नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा

नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ ।

लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन , देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार , राजन महर्जनको कोरियोग्राफी , विश्वास भण्डारीको सम्पादन चलचित्रमा रहने भएको छ ।

चलचित्रमा किशोर खतिवडा, नव नायिका रमिला श्रेष्ठ , दिप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा , गंगा कुँवर , महेन्द्र कुमार राई , पदम सुनार , प्रवेश लिम्बु , बसन्त बर्माको अभिनय रहेको छ । चलचित्रमा ३ बटा गीतहरु समावेश गरिने भएको छ । गीतमासंगीतमा राजु लामा र छायाँ प्रसाईको रहेको छ साथै राजु लामा र कृष्ण प्रसाईको स्वर चलचित्रमा रहेको छ ।