गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ । उक्त गीत पारु खड्काको प्रस्तुतिमा “नरोन ए न्याउली चरी” नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।

गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ । “नरोन ए न्याउली चरी” बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, दुर्गा के.सी, अशिना पोख्रेल, आशा जी.सी. र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।