मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा

एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो (पोस्टिङ् समयका आधारमा हिजो, हिजो पोस्टिङ् भएकोले वास्तबमा अस्ती साउन १३ गते – संपादक) बेलुका ६ बजेतिर । केयर बाल गृहको नजिकैको चौरमा बच्चाहरु खेलिराख्दा उनीहरुले देखेकाले आफूहरुले भेटेको भएर नाम ‘प्राप्तिका’ राखे र आफूहरुलाई कर्म दिने आमा अधिकारी भएकोले पुरा नाम “प्राप्तिका अधिकारी” हुन पुग्यो । यो काम केयर बाल गृहकी सञ्चालिका पुस्पा अधिकारी त्यहाँ आइपुग्नु अगावै भैसकेको थियो । उनको गृहमा अहिले १५ बालबालिका छन् । अब यो नानी पनि तिनै केटाकेटीसंगै हुर्कने भएको छ ।

यी नानी भेटेको रात पुस्पा रातभरी सुतिनन । उन्का अनुसार प्राप्तिका बारंवार हासिराख्छिन आफ्नै सुरमा । भाग्यबस प्राप्तिकालाई उन्की जन्मदाता आमाले त्यसरी छोडेर गएपछि यो बर्षा याममा पानी परेन । नत्र प्राप्तिकाको हालत के हुन्थ्यो होला । प्राप्तिकालाई भेट्दा बाकसमा १-२ वटा कमिला प्रबेष गरिसकेका कारण त्यो बाकस त्यसरी छाडेको धेरै बेर नभएको हुन सक्ने अनुमान छ । प्राप्तिकालाई गनाएको लुगाले बेरिएकोले कमिलाहरु जान शुरु गरिसके मात्रै थिए ।

बच्चा रोएको सुनेर चौरमा खेलिरहेका केयर बाल गृहका नानीहरु बाकस नजिक गएपछि बाकसमा बच्चा भएको थाहा लाग्यो । कहीं समस्या भयो कि पुगिहाल्ने पत्रकारका रुपमा परिचित भाग्य न्यौपाने र शिशिर भट्ट पुगेर स-सानो सहयोग प्रदान गर्ने काम गरिसकेका छन प्राप्तिकाका लागि । अहिले प्राप्तिकाको बिभिन्न स्वास्थ्य परिक्षण गर्ने र आबस्यक सामानहरु किन्नका लागि पनि आर्थिक सहयोगको आवश्यकता छ ।

केही व्याबहारिक समस्याका कारण आफ्नै बच्चालाई त्यसरी छाडेर गए तापनि आमाको मन भएकोले भेट्न चाहेर भेट्न आएमा गोप्यता कायम गरिदिएर भेट्न दिने भनाइ छ पुष्प अधिकारीको । बच्चा अरुलाई नदिने, तर बच्चाकै आमा आएर सबै परिक्षण गरेर प्रमाणित गरेमा दिन सकिने बताएकी छिन पुष्प अधिकारीले । तर यसो गर्ने संभावना कम देखिन्छ ।

नि:स्वार्थ माया आमाले मात्रै गर्छिन भन्ने कुरा झुटो प्रमाणित गर्ने यो नानीकी आमाको यो नानी अरुको दु:ख पीडा कम गर्न कृयाशिल कर्मयोगी मनोक्रान्तिका जन्मदाता डा बिकासानन्द जस्तै बनोस – हार्दिक शुभकामना!!!

Source: Ram Kumar Shrestha’s Facebook page