बिक्रम सुनारलाई बचाउछु भन्दै बालुवा बोकेर कमाएको पैसा लिएर पुगिन अनु ,रुदै बिक्रमले भने ‘गरिबको दुख गरिबलेनै बुझ्यो’

बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई सहयोग आउन थालेको हो। केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।केहि समय देखि समाजसेवामा पनि तल्लिन एलिजाले बिक्रम र मनुलाई भेटेर अबस्था बुझ्दै सहयोग गरेकी हुन्। सोहि संगै अहिले अनु पनि सहयोग गर्न पुगेकी छिन।ज्यामी काम गरेर पेट पालिरहेकी अनुले आफुले कमाएको केहि पैसा बोकेर बिक्रमबस्ने ठाउँ सम्म पुगी सहयोग गरेकी हुन्।

मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कमल सरगमलाई भाइबर तथा वाटसपमा सम्पर्क गर्नुहोस जसको लागि 9851224970मा फोन गर्नुहोला। भिडियो हेरौ :