पोखरा अन्तराष्ट्रिय विमानस्थल यस्तो बन्यो, कहिले उड्छ जहाज ? ६२ % काम सकिदा यस्तो देखियो हेर्नुहोस

पाेखरा, १४ साउन । पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिलेपनि लकडाउन जस्तै छ तर काम भने भईरहेको छ ।

विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले बताउनुभयो ।

जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुनेहो भने समयसिमामा काम सकिने उहाँले बताउनुभयो ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।