नविन विरही श्रेष्ठको शब्द सिर्जनामा “छमछमी नाचौला” भिडियो सहित

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गदै गायिका अनिता सुनुवार र गायक शितल राज गिरीको सुमधुर स्वरमा एक निकै कर्णप्रिय“छमछमी नाचौला” तीज डिजिटल बजारमा सार्वजनिक भएको छ ।
नारीहरुको पर्व हरितालिका तिजको मौलिक पनलाई निकै सरल रुपमा समेटिएको छ । लोप हुदैँ गएको सस्कार र सस्कृतिलाई बचाउनको लागी मौलिक शब्द प्रयोग गरिएको गीतका सर्जक नविन श्रेष्ठले बताए । नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा शितलराज गिरीको लय सिर्जना गीतमा छ ।

महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भतथा दिलिप राईको कोरियोग्राफी गीतमा रहेको छ । “छमछमी नाचौला” गीतको भिडियोमा धुव्र हिमाली , सरु श्रेष्ठ र अनिता सुनारको अभिनय तथा नृत्य रहेको छ ।

“छमछमी नाचौला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला ।