जघन्य अपराधी लाई संरक्षण गरि न्याय को हत्या गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा लाई बर्खास्त गर्नुको बिकल्प छैन।

बिषय: प्रेस वक्तव्य


आफ्नो श्रीमती गिता ढकाल (कोईराला) लाई हत्या गरि बोरामा राखेर मकवानपुर को टिस्टुङमा लगेर जलाउने जघन्य कुख्यात अपराधी सशस्त्र प्रहरिका पुर्ब डिआईजी रन्जन कोईराला २०६८/ माघ/ ८ गते देखि कारागार डिल्ली बजारमा कैदिबन्दी जीवन बिताई रहेका थिए।

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत ले गरेको जन्मकैदको फैसला घटाएर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेज बहादुर केसिको संयुक्त इजालसले पुर्ब (डिआईजी) कोईराला लाई जन्म कैदको फैसला उल्टाएर (आठ) बर्ष ६ महिना सजाय कायम गरि पिडितको हितबिपरित, पिडक कुख्यात (हत्यारा) अपराधिलाई सफाई दिएर फैसला गर्ने श्री सम्मानित सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेज बहादुर केसि माथी गम्भीर छानबिन होस भनी बहिर्गमित जनमुक्ती सेना, नेपाल सरकार समक्षा माग गर्दछौ।
गणतन्त्र प्राप्तिको लागि लड्ने परिबर्तनकारी शक्ति निर्दोष व्यक्तिहरु हत्कडी लगाएर जेलजिवन विताईरहनु पर्ने। र जन्मकैद गरेर राख्नु पर्ने कुख्यात अपराधिलाई छुटकरा दिने ? यो कस्तो कानुन हो? अब पिडितहरुले न्यायलयबाट के आसा गर्ने? न्यायलयको कदमले सम्पुर्ण पिडितहरु निराश भएका छन्।

कानुन पनि बिक्री हुदोरहेछ भन्ने कुरा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा र न्यायाधीश तेज बहादुर केसिको संयुक्त इजालसले पुष्टि गर्दिएको छ। यो फैसलाले सरकार र कानुनी राज्य व्यवस्था प्रती नै धज्जि उडाएको छ।
न्यायलयको गलत निर्णय प्रती बहिर्गमित जनमुक्ती सेना नेपाल घोरआपत्ती प्रकट गर्दछ।

(१) पिडितको हितबिपरित, कुख्यात अपराधी हत्यारालाई सफाई दिने प्रधानन्यायाधीश चोलेन्रद शमसेर जवरा र न्यायाधीश तेज बहादुर केसि माथि छानबिन गरि कार्बाही गर्नु पर्ने।

(२) गलत प्रधानन्यायाधिश बाट सफाई पाएका पुर्ब (डिआईजि) निरञ्जन कोईराला लाई पुर्ण रुपमा गिराफ्तर गरि आजिवन कारोवास को सजाए दिईनु पर्ने।

राजन थापा (सुवास) प्रबक्ता तथा (उपाध्यक्ष) 9851118966 बहिर्गमित जनमुक्ती सेना नेपाल