”घरबेटी ” गायिका जमुना राना को भिडियो सहित ।

काठमाडौं ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायिका राधिका हमाल, बद्रि पंगेनी , गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ”घरबेटी ” गीतको भिडियो डिजिटल बजारमा आएको छ ।

विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । लकडाउनको अवस्थामा भाडा तिर्न नसक्दा भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय सिर्जना गीतमा छ । ”घरबेटी ”गीतमा कृष्ण पुनको एरेन्ज छ ।

दुर्गा पौडेलको छायाँकन, नविन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”घरबेटी ” गीतको भिडियोमा बविता बाँनिया ,जेरी , किशोर भण्डारी ूडिट्ठासाबू, सन्तोष खनाल , दिपासा विसीूजलपरीूर सुयशा खनालको अभिनय रहेको छ ।

”घरबेटी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।