गायिका शिवा केसीको आवाजमा ”चुलबुले बैँश” भिडियो सहित ।

काठमाडौँ । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा ”चुलबुले बैँश” नामक गीत बजारमा ल्याएका छन ।

मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका शिवाले बताइन । अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना गीतमा रहेको छ ।

दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । ”चुलबुले बैँश” गीतको भिडियोमा महेन्द्र गौत्तम , अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ ।

”चुलबुले बैँश” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।