दिपक परियारले गाएको अन्तिम तीज गीत ”चरी बस्यो डाली भाचेर”

गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले संसार छोड्नु एक पहिला मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

स्व. परियारको अन्तिम तिज गीत ‘चरि बस्यो डाली भाचेर’बोलको गीतले बजार लिन सक्ने टीमका कृष्ण खरेलले जानकारी दिनुभयो । उक्त गीतमा स्वर दिपक परियार र लालुमाया बोहोराको छ भने शब्द दिपक कंडेलको छ ।

दिपक परियारको लय रहेको उक्त गीत दिपिका म्युजिकको युटुवबाट सार्वजनिक भएको छ । डेस्टिनी क्रीशन जापानले निर्माण गरेको भिडियोमा दीपक श्रेष्ठले निर्देशन गर्नु भएको छ ।

कृष्ण खरेलले स्टोरी लेखेको उक्त गीतमा अभिनय कृष्ण खरेल ,उज्ज्वल गिरी ,मेनुका थापा ,अक्रिती गौतम छ भनेनिहारिका श्रेष्ठ,गंगा राना,रेजिना थापा,करुणा शाही ठकुरी,दिया शर्मा,रिया तिवारी,पुस्पा परियार,वर्षा परियार,अमीषा बस्यालले साथ दिएका छन ।

उक्त गित आज सार्बजनिक भएको छ रेकर्ड गरेको भोलि पल्ट यो संसार छोडेर गएका गायक स्वर्गीय दिपक परियारले गायको अन्तिम तिज गित (चरि बस्यो डालि भाचेर ) सबैले शेयर गरेर सहयोग गरिदिनु भयो भने पक्कै पनि दिपक परियार को आत्मले शान्ति पाउने छ।

हेर्नुहोस भिडियो :

सदा सदाको लागी अस्ताए गायक Deepak Pariyar यस्तो थियो उनि संगको लास्ट अन्तरबार्ता! के भनेका थिए उनले?