हस्पिस तथा प्यालीएटिभ केयर के हो ? महेश भट्टराई , मेरिल्याण्ड

महेश भट्टराई ,मेरिल्याण्ड, जिवनको अन्तिम क्षणहरूमा दिईने गुण स्तरिय सेवा हो ! यस्तो अवस्था जहाॅ दुई बिशेषज्ञ डाक्टरहरू, परिबारका सदस्यहरू वा बिरामी स्वयम आफैले दिर्घ रोग, उपचार, निको नहुने शंभावना, जिवन देखि हार खाएर मृत्यु लाई स्विकार गर्छन ! जिवनका यी अन्तिम महत्वपूर्ण दिनहरू आफुले चाहेको जस्तो गरि बाच्ने निर्णय लिन्छन ।

निको नहुने दिर्घ रोगहरू मुटु, फोक्सो, मृगौला, क्यान्सर जस्ता सधै भरि एक मुठी औषधी र ईमर्जेन्सी दौडने झन्झट बाट मुक्ति पाउछन ।

एन्टिवाओटिक, लामो समय खाने औषधि, ल्याब परिक्षण, सलाईपानी, रगत दिने कार्य रोकि बिरामी लाई आराम हुने वा दुखाई कम गर्ने वा श्वास प्रश्वास लिन सजिलो हुने जस्ता औषधि मात्र प्रयोग गरिन्छ ।

बिरामी लाई उसको इच्छा अनुसार गुमघाम, भेटघाट, खानपिन, रंगरश, संगित, मुभि, नाचगान, एकान्तपन, योगामा ध्यान दिईन्छ । सुरक्षा लाई ध्यानमा राखि खाने र गर्ने कुरामा कुनै कुराको पनि रोकतोक हुदैन ! यति सम्म कि यदि बिरामीले चुरोट वा रक्सि पिउने इच्छा राख्दछ भने पनि दिइन्छ ।

सेवाहरू : १. Pain management: दुखाई नियन्त्रण गर्न सबै औषधि र उपाए अपनाइन्छ । २. Nutrition: बिरामीले चाहे अनुसारको खान दिइन्छ । ३. Privacy: बिरामीको इच्छा अनुसार आफन्त र साथीभाई लाई भेट्न दिइन्छ ! नचाहेमा गोप्य राखिन्छ।

४. Dignity: बिरामी लाई उच्च मान, सम्मान र सत्कार साथ ब्यबहार गरिन्छ । ५. Grooming: बिरामीको इच्छा अनुसार मेकअप, हेयर कट र लुगा लगाउन वा सजिन सक्छन । ६. Comfort care : बिरामी लाई कसरी सेवा, सुबिधा र सहज हुन्छ भन्ने कुरा बारे बिशेष ध्यान दिईन्छ ।

७. Doctors visit: सहजताको लागि डाक्टर र नर्स द्दारा नियमित रूपमा चेक जाॅच गरिन्छ । ८. Prayer: बिरामीको धर्म इच्छा अनुसार धर्म गुरूको भेट्न आउने ब्यबस्था हुन्छ ! धार्मिक कार्य गर्न पाउछन । ९. Personal Interest: हरेक बिरामीको फरक फरक सोच, इच्छा र चाहना हुनाले उसले सबै इच्छा सम्मान गरिन्छ वा पुरा गर्ने प्रयत्न गरिन्छ।

१०. Quality of life: जिवनको अन्तिम क्षणका दिनहरू गुणस्तरिय र स्मरणयोग्य बनाउने प्रयास गरिन्छ ! सबै भौतिक लाभ, लोभ, संसारिक दुख कष्टबाट टाढा राख्ने प्रयत्न गरिन्छ । ११ . Will, Living will, POA – बिरामीको इच्छा अनुसार घर परिवार वा वकिलको सल्लाह लिएर सामाजिक कार्यकर्ता मार्फत मध्यस्थकर्ताको काम गरिन्छ ! परिबारको दवाब भन्दा बिरामीले चाहे अनुसारको निर्णय लिन सहयोग दिईन्छ ।

बिदेशमा यस्ता Hospice and palliative care facilities हरू धेरै नै हुन्छन ! यो नया बिचार र सेवा हो ! नेपालमा डाक्टर कहाॅ गयो भने उसलाई मृत्युको अन्तिम अबस्था सम्म पनि औषधि र अपरेशन गर्न तयार हुन्छ ! घरमा राख्नुस अन्तिम हो, बचाउन सक्दैनौ, कहिल्यै भन्दैनन वा हिम्मत गर्दैनन वा पैसा मै जिवन देख्छन ।

Chronic terminal disease or last stage of cancer भएका बिरामी हरू लाई दुई वटा specialist doctors ले अब औषधि उपचार गरेर निको वा सुधार हुदैन र बढिमा ६ महिना बाच्ला भन्ने ठानेमा Hospice care बारे बिरामी वा परिबार संग सल्लाह गर्न सक्छन ! दुबै वा त्रिपक्षको सहमतिमा बिरामी लाई यस्तो सेवा दिइन्छ।

नेपालमा पनि यस्तो सेवा शुरूआत भै सकेको छ ! तर गुणस्तरियताको बारेमा केहि थाहा छैन । हाम्रो परम्परा बाजे, बराजुको पालामा पनि गुरू बैध्यको सुझाबमा भौतिक संसारबाट अलग्ग राखेर नदि किनारामा लगि मृत्यु कुर्ने प्रचलन थियो ! यो यसकै आधुनिक रूप हो ।

-महेश भट्टराई