एकै दिन अमेरिकामा कोभिड-१९ बाट १,१३० को मृत्यु र ७३ हजार संक्रमित

अमेरिका पुन:खोले पछि ९१ हजार मानिसको मृत्यु
अमेरिका एकै दिनमा कोभिड-१९ बाट १ हजार १ सय जनाको मृत्यु भएको छ भने ७३ हजार ७ सय १५ जना संक्रमित भएका छन । गत जुलाई २४ शुक्रबारका दिन एकै दिनमा नयाँ संक्रमित हुनेहरुको संख्या ७३ हजार पुगेको हो ।

जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार हाल सम्म अमेरिकामा १ लाख ४७ हजारको मृत्यु भै सकेको छ भने ४२ लाख मानिस संक्रमित भएका छन ।

अमेरिकामा सर्वाधिक कोरोनाबाट प्रभावित भएका ३ शीर्ष राज्यहरुमा न्यूयोर्क,क्यालिफोर्निया र फ्लोरिडा रहेका छन् । उक्त राज्यहरुमा ४ लाख मानिसहरु संक्रमित रहेका छन ।
.
यसै गरि टेक्ससमा ३ लाख ८० हजार मानिसहरु संक्रमित भएका छन् भने सर्वाधिक खराव रुपमा कोरोना फैलिदै गरेको राज्य टेक्सस हुने छ ।

अमेरिका गत अप्रिल २४ मा पुन:खोले पछि ९१ हजार मानिसको मृत्यु भएको सिएनएनले समाचार लेखेको छ । यसै गरि डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा गत शुक्रबार ९३० जना मानिसहरु संक्रमित भएका छन् भने गत जुलाई २३ का दिन सम्म मेरिल्याण्डमा ८१ हजार ७ सय ६६ जना संक्रमित रहेको तथ्यांक छ ।

श्रोत :सिएनएन / इनेप्लिज