नाग पञ्चमी आज, देशैभर घर घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

आजका दिन हिन्दु धर्म र संस्कारमा विभिन्न जीवजन्तु तथा वनस्पतिलाई पनि देवताको रुपमा पूजा गर्ने परम्परा रही आएको छ र उक्त्त परम्परा अनुसार आज श्रावण शुक्ल पञ्चमीको दिन नाग वा सर्पको पुजा गर्ने दिन हो र आजको दिन बिहान सबेरै उठी स्नान गरी दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नागको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुर,चन्दन आदिले पूजा गर्ने र घरको मूलढोकामा नागको तस्बिर टाँस्ने चलन रहेको छ र यसरि घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग,सर्प,बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि,मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रही आएको छ र
स्कन्द पुराण अनुशार आज नागको पुजा गर्नाले मनोकामना पुर्णहुन्छ भनि बर्णन गरिएको छ र श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ र धार्मिक शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ कुनै पनि घर निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ

बिधि यस्तो छ : नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल,प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् र यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन्

मन्त्र: ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।

इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।

कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।

इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।

सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।

मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।

प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।

सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।

ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।

समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।

रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।

नाग पूजाको धार्मिक मान्यता : नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ र नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो र वराहपुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ र प्रत्येक घरमा नाग रहेका हुन्छन् र घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो र नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ र भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो र प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ र भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनु भएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ र श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ र विष्णुको नवौं अवतारका रुपमा जन्म लिनु भएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ र पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ र लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि चलिआएको छ !!