हेर्नुहोस आजको सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिको डरले बढ्यो त ?

काठमाडौं : सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुनको भाउ तोलाको ९४हजार ५ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ६५ रुपैयाँ थियो । चाँदी भाउ प्रतितोला ११ सय ४५ रुपैयाँ पुगेको थियो । सुन चाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि लगातार वृद्धि भइरहेको बताएका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।