युरिक एसिड बढ्यो ? यसरी गर्नुहोस् घरमै उपचार

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ ।

कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ ।

प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।