सीता रसाइली विस्वकर्माको पहिलो तीज गीत सार्बजनिक

सीता रसाइली विस्वकर्माको स्वरमा सजिएको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ । बि बि अनुरागीको शब्द, रचना तथा संगीत रहेको उक्त गीत विविड नेपाली मिडिया च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।

डा मोम विस्वकर्माको प्रस्तुति तथा शंकर बि सीको निर्देशन र कोरियोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरू अञ्जली अधिकारी, १२६ घण्टा लगातार नाचेर गिनिज बुकमा रेकर्ड कायम गर्ने तथा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सांस्कृतिक दूत बन्दना नेपाल, उत्साह घिमिरे लगायत अन्य कलाकारहरुको नृत्य रहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आउनु भएकी सीता रसाइली विस्वकर्मा अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसनका उपाध्यक्ष हुनुहुन्छ र यो उहाँको स्वरमा रहेको पहिलो गीत हो ।

Video link:

https://www.youtube.com/watch?v=5YcHkj-rSyk&feature