धारा पधेरा मा जात कै नाममा हाम्रा दिदिबहिनी लाई कुटन पाइने? सरु सुनार

सरु सुनार,
जातका नाममा मान्छे मार्न पाइने, धारा पधेरा मा जात कै नाममा हाम्रा दिदिबहिनी लाई कुटन पाइने? हाम्रा समुदायका चेलीलाई फसाएर , फकाएर इज्जत लुट्न मिल्ने , मोज गर्न मिल्ने अनि स्वीकार गर्नु पर्दा जात नमिल्ने ? परिवार र समाजले स्वीकार गर्दैन भनी दिदिबहिनीको जिन्दगी बर्बाद गर्न मिल्ने ? मैले न्याय खोज्दा, न्यायको लागि पहल गर्दा र यस्ता घटनाको बिरोध गर्दा जातिबादी भन्ने ?

अनि सामाजिक सद्भाव भडकाउन लागि भन्नेहरु जात कै नाम दिएर यस्ता घटना र अन्धबिस्वासको विरुद्ध किन बोल्न सक्दैनौं । मैले हाम्रा समुदायमा भएका घटनालाई उजागर गर्दा तिमीहरु देख्न सुन्न सकेका छैनौ ।हामी सदियौ देखि भोग्नेको पीडा बुझ्न सक्छौ ?

चाहे त्यो सामाजिक संजालमा होस् चाहे गाउँ सहरमा होस् अब पनि विभेद , हामी र समुदायलाई जातीय रूपमा अपमान गर्नेलाई अब कडारुप मै कारवाहीको लागि पहल गरिन्छ।

२१ औं सताब्दिका सभ्य भन्नेहरु केही गर्न र साथ दिन नसके पनि समाजको यस्तो अमानवीय जातको नाममा गरिने अमानवीय व्यबहारलाई गलत हो भन्नी हिम्मत त राख ।
सरु सुनारको फेसबुक बाट साभार :