घर खेत सबै बाढीले बगाएपछि भक्कानिएर रुदै आएकी चेलीहरुको आँसुलाइ जोडेर बनाए बिमल डाँगीले मन रूहाउने गीत

लोकप्रिय गायक बिमल डाँगीले आवाज दिएको मार्मिक लोक भाका “घर बगायो” बजारमा आएको छ।गीतमा पछिल्लो समय बाढी पहिरो र देखिएको बिपतिलाई बिशेष मध्यनजर गर्दै बजारमा आएको छ।गीतले निकै मन छुन्छ।बास्तबिकता बुझ्ने हो भने यो समय यस्तै पिडा थपिएको छ आम नेपालीलाई।

बिमल डाँगीकै लय/शब्द तथा स्वर रहेको गीतमा मौलिक शब्द र भाका रहेको छ।देउडा शब्द समेत मिसिएको उक्त गीतमा बास्तबिक गरिबी र बाढी पहिरोले पारेको चपेटा संग समाहित छ।बिमल डाँगीनै रहेको उक्त गीतको म्युजिक भिडियोले सत्य घटनालाइ आखामा ल्याउछ। एक पटक हेरौ :