रचना रिमाल र ननदु गुरुङको सुमधुर आवाजमा रहेको ‘मैले गाउने गीतहरुमा’ सार्वजनिक (भिडियो)

रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरुमा…’को म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

पथरी शनिश्चरे–२ को होटल साल्पामा छायांकन गरिएको भिडियोमा गायक / गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको संगीत दीपराज नेयोहाङ लिम्बु, एरेन्ज अशोक थापा (काव्य रेकोड्स) र मिक्सीङ/मास्टरिङ चन्द सिंह (जेनेररिक स्टुडियो)ले गरेका छन् ।

आधुनिक प्याटनको सो गीतको रचना तथा निर्देशन मौसम परिवर्तन लिम्बुले गरेका छन् भने क्यामेरा/सम्पादन/कलर मुहासिंह थापा मगरले गरेका छन् ।