मञ्जु र मीना पनि यस वर्षको तिज गितमा फरक तरिकाले कोसेली पस्किए ”तीजैमा” (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै मञ्जु र मीना पनि यस वर्षको तिज गितमा फरक तरिकाले प्रस्तुत भएका छन्। गीतलाई मौलिकतासँगै आधुनिकतामा पनि बदलिएको छ। मञ्जु र मीनाले बजारमा आइरहेका अन्य तीज गीतभन्दा फरक रूपमा यसलाई पस्किएका छन्। गायिका मञ्जु पौडेलको संगीत एवं दिग्गज द्यौरालीको शब्द रहेको गीतमा निरज श्रेष्ठले संगीत संयोजन रेहेको छ। गीतलाई लोक आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।

उक्त भिडियोलाइ दुर्गा पौडेलले छायांकन र निर्देशन गरेका छन् भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । गायिका मीना निरौला र मञ्जु पौडेलको साथमा इन्दु, रश्मी र भावनालाई फिचरिङ गरिएको छ। भिडिया बीएमएस फिल्म्सबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस भिडियो :