नयाँ विशेषता सहित ‘कनेक्ट टु नेपालमा’ पैसा पठाउन सकिने व्यवस्था उपलब्ध

विजय थापा
डिसी । कनेक्ट टु नेपाल एप(अनुप्रयोग)मा नयाँ विशेषता सहित पैसा पठाउन सकिने व्यवस्था उपलब्ध गरिएको छ । कनेक्ट टु नेपालमा थप नयाँ विशेषताहरुमा टिभी फिचर(दूरदर्शन विशेषता)र इन्टरनेट फिचर ( अंतर्जाल विशेषता)थपिएको जानकारी कनेक्ट टु नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी (सिईओ) राजिब श्रेष्ठले जानकारी दिएका छन् ।

कनेक्ट टु नेपाल’को माध्यमबाट अंतर्जालबाटै नेपालको एनटीसी र एनसेलमा रिचार्ज(पुनर्भरण)गर्दै आएकोमा हाल नयाँ विशेषतामा बिमा फिचर(बिशेषता)समेत थपिएको श्रेष्ठले बताए ।

उक्त अनुप्रयोग(एप)मा पहिला बिल(बिजक)भुक्तान गर्न टिभी फिचरमा डिश होम मात्र भएकोमा हाल सिम टिभी तथा मेरो टिभी पनि थपिएको छ । यसको साथै इन्टरनेट (अन्तर्जाल)मा पहिला एडिएसएल र वर्ल्डलिङ्क मात्र भएकोमा हाल भायानेट र सुबिसु पनि थप गरिएको छ ।

बिश्वको कुनै कुनाबाट पनि बिमा,टिभी(दूरदर्शन)बिजुली,मोबाइल टप अप(घुम्ती पुनर्भरण)इन्टरनेट(अंतर्जाल )एनटि ल्याण्डलाइनका बिल(घरको बिजक)भुक्तान गर्न सकिने छ । यसको अतिरिक्त नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम)अब कनेक्ट टु नेपाल एप मार्फत अनलाइन(साङ्गणिक)द्वारा भुक्तानी गर्न सकिने छ ।

यसको साथै कनेक्ट टु नेपालले कोरियन मनि ट्रान्सफर वायरबार्लेसंग मिलेर समेत काम गर्ने भएको छ । कोरियन मनि ट्रान्सफर वायरबार्ले र कनेक्ट टु नेपाल नेपाल पैसा पठाउनेमा साझेदारी हुन्।

वायरबार्लेमा पैसा पठाउन सोसल सेक्युरिटी नम्बर (सामाजिक सुरक्षा संख्या),राहदानी तथा चालक अनुमति पत्र प्रयोग गर्न सकिने छ । दैनिक २९०० डलर र बार्षिक रुपमा ५० हजार डलर पठाउन सकिने छ ।

हाललाई कनेक्ट टु नेपालबाट पैसा पठाउन अमेरिकाबाट मात्र सकिने छ भने एक महिना पछि क्यानडा,अस्ट्रेलिया तथा न्युजील्याण्डबाट पनि पैसा पठाउन सकिने छ ।

जुलाई महिना भित्रमा आफ्नो नाम दर्ता गराएमा डिसेम्बर सम्म निशुल्क नेपाल पैसा पठाउन सकिने छ । नेपालमा प्राप्त गर्ने व्यक्तिको बैंक खातामा ४८ घण्टा भित्र रकम जम्मा हुने छन् ।