प्रकृतिको खेल : कस्तो बिडम्बना गर्जुवा र लेउतीको बितण्डता, गर्जुवा बस्तिनै जोखिममा (भिडियो सहित)

धनकुटा । अविरल बर्षा कारण धरान धनकुटा राजमार्ग सडक खण्डको गर्जुवामा हरेक बर्षझैं सोमबार पनि बाढी र पहिरोले सडक अवरोध भएको छ ।

गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताउनु भयो । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग नै अवरुद्ध हुने गरेको हो ।

सडक डिभिजन कार्यालय धनकुटाको करिव २ घण्टाको सफाई पछि बाटो खुलेको थियो । कुनै मनविय क्षति नभएपनि गर्जुवाका करिव आधा दर्जन घरहरु पहिरो र बाढीको जोखिममा परेका छन् ।