अर्को झट्का राजेश हमाललाई महानायक नमान्नेलाई, बिराज भट्ट भन्छन महानायक त राजेश दाइ नै हो (भिडियो)

अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भन्ने विषयमा केही समयदेखि बहस भइरहेको छ ।कतिपयले उनलाई महानायक भन्नुपर्ने तर्क गरिरहेका छन् भने कतिले आफ्नो समयमा सम्झनलायक एउटा पनि राम्रो फिल्म नदिएको भन्दै महानायक भन्न नहुने टिप्पणी गरेका छन् । एक अन्तर्वार्ताका क्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै टिप्पणी गरेपछि उनको व्यापक विरोध भएको थियो । पछि उनले माफी माग्दै हमाललाई महानायक भनेकी थिइन् ।

यतिबेला अर्का अभिनेता विराज भट्टले केही समयअघि दिएको अन्तर्वार्तालाई लिएर हमालका फ्यानले विराजको प्रशंसा गरेका छन् । उनले अन्तर्वार्ताका क्रममा राजेश हमाललाई ‘महानायक’ भएको बताएका थिए ।हमालका फ्यानले विराजको तारिफ गरेका हुन् । ‘राजेश (हमाल) दाइले एक युग नै खानुभयो, उहाँ चलेन भनेर भन्न मिल्दैन,’ विराज भन्छन्, ‘उहाँले ३ दशक फिल्म क्षेत्रमा एकछत्र राज गर्नुभयो, उहाँलाई चलेन भन्नेले त्यति समय आफू चलेर देखाओस् न ।’ भिडियो हेर्नुहोस