हेम थापाको सहयोग तनहुँको विभिन्न ठाँउमामुकुन्देले वितरण गरे

धेरै लामो समय देखि बिदेशमा रहेर पनि आफ्नो जन्म भुमि प्रति धेरै माया गर्नु हुने हेम थापा लाई सबैले धन्यबाद दिनै पर्छ | हरेक समस्यामा उनको सहायोग अतुलनिय रहेको छ पछिल्लो समय नेपालको विभिन्न छेत्रमा बाढी पहिरोमा परी आफ्नो परिवार गुमाउन पुगेका र पहिरो बाट बिस्थापित परिवारलाई हेम थापाले धेरै नै सहयोग गरेका छन्|

हेम एण्ड माया फाउण्डेसनका संस्थापक हेम र माया थापा बाट आएको सहयोग मिडियाकर्मीहरुको साथमा बाढी पिडितहरुलाई मुकुन्द घिमिरेले सहयोग गरेर हुन्। पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले मुकुन्द घिमिरेको संयोजनमा बाढी प्रभावित क्षेत्र तनहु जिल्लाका विभिन्न भागमा आर्थिक रकम हस्तान्तरण गरिएको हो|

बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् । उसो त मुकुन्दे बेलाबखत समाजसेवाका लागि विभिन्न स्थानमा पुग्दैँ आएका छन् ।

यसैगरी गत बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ । उक्त स्थानको अवलोकन सहित थप केहि राहत स्वरुप सहयोग लिएर सामाजिक तथा राजनीतिक विश्लेषक मुकुन्द घिमिरे पुगेर आएका छन। स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका छन् ।

हेम एण्ड माया फाउण्डेसनका संस्थापक हेम र माया थापासहित इजराएलमा बस्दै समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाएको ७५ हजार रुपैयाँ सहयोग लिएर आफ्नो अगुवाइमा केहि मिडियाकर्मीहरुको साथमा बाढी पिडितहरुलाई मुकुन्द घिमिरेले सहयोग गरेर आएका हुन्। पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले मुकुन्द घिमिरेको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो । उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् । उसो त मुकुन्दे बेलाबखत समाजसेवाका लागि विभिन्न स्थानमा पुग्दैँ आएका छन् । पछिल्लो समय बाह्रबिसे लगायत देशभर बाढी पहिरोेले वितण्डा मच्चाईरहेको छ ।