मेमोरी किङ्ग विजय शाहीको सम्झने सुत्र यस्तो छ ! यो शुत्र सबैलाई काम लाग्छ ?

तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।

उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।

विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।