तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

राजु बोहरा श्रावन ५ – काठमान्डौ – गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “नाचौं छमछमी” नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ ।

प्रस्तुत गीतमा दिलसरा काउछा थापा मगरको को नै एकल स्वर रहेको छ भने लय दिलसरा काउछा थापा मगरको र शब्द दिलसरा काउछा थापा मगर, करुणा थापा मगरको रहेको छ । सम्पूर्ण नारीहरुलाई यस बर्षको तीज कोसेलीको रुपमा बजारमा ल्याईएको यस गीतको म्युजिक भिडियोमा सिवानी थापा मगर, लिजा मगर र जश्मिन खड्काको रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन चुमन काउछा मगर, छायांकन बसन्त महर्जन कोरियोग्राफी उदिराम खड्का र सम्पादन हम गैरेले गरेका छन् ।

भिडियो हर्न तल क्लिक गर्नु होला ।