विशेष सन्देश : विश्वविख्यात गुरु चिङहाईको कोरोना समाधानको बारेमा विशेष सन्देश तीन करोडलाई कोरोनाको संक्रमण हुने चालीस लाखको मृत्यु हुने बढी मृत्यु चीनमा हुने

विश्व विख्यात आध्यात्मिक गुरु मास्टर चिङ् हाईले विश्वमा कोरोना भाईरस जस्ता महामारीको संक्रमण फैलुनुको मुख्य कारण प्राणीहरुको हत्या हिंसा भएको बताउनु भएको छ।उहाँले यस्ता समस्याबाट विश्वलाई बचाउन मान्छेले विगन जीवनशैलीतर्फ फर्कनु पर्नेमा जोड् दिनुभएको छ।

ग्लोबल वार्मिङ्ग, विभिन्न रोगको संक्रमण, दैविक विपत्ति जस्ता समस्याको प्रमुख कारण मान्छेले आफ्नो आहारको लागि गर्दै आएको प्राणी हत्या रहेको र त्यसलाई हटाउनु पर्नेमा जोड् दिँदै मान्छेहरुलाई विगन हुने शिक्षाको साथमा क्वान इन (लाईट एण्ड साउण्ड) मेडिटेशनको दिक्षा दिँदै आउनु भएकी उहाँले सुप्रिम मास्टर अनलाईन टेलिभिजनमार्फत विश्वलाई यस प्रकारको सन्देश दिनु भएको हो ।

अन्तर्राष्ट्रिय स्तरका धेरै पुरस्कारबाट पुरस्कृत भइसक्नु भएकी आध्यात्मिक गुरु चिङ्हाईको ध्यान एवं विगन अभियानमा विश्वका विशिष्ट वैज्ञानिकहरु समेत संलग्न भएको सुप्रिम मास्टर अनलाईन टेलिभिजनको युट्युबमा सुरक्षित विभिन्न भिडियोहरुबाट अवगत हुन्छ।मास्टर चिङ्हाईले आफ्नो ध्यानशक्तिको चेतनाबाट विश्वलाई विभिन्न खालका सन्देश एवं सावधानीका निर्देशन दिने गर्नुहुन्छ।उहाँका अभिव्यक्ति सबै सत्यसावित हुँदै गइरहेका छन्।यतिबेला कोरोनाको कहर दिनप्रतिदिन विश्वमा बढ्दै गइरहेको अवस्थामा विभिन्न सन्दर्भमा मास्टर चिङ्हाईले बताउनु भएको अभिव्यक्तितर्फ विश्वको ध्यान आकर्षित भइरहेको पाइन्छ

मास्टर चिङ्हाईले कोभिड १९ को बारेमा सावधानीको सन्देश दिँदै आध्यात्मिक भविष्यवाणी दिनु भएको छ।जसमा कोरोनाले विश्वमा तीन करोड व्यक्ति संक्रमित हुने,जसमध्य चालीस लाखसम्मको मृत्यु हुनसक्ने र सबैभन्दा बढीको मृत्यु चीनमा हुने बताउनु भएको छ।यसको औषधि जुलाईमा ईग्ल्याण्डबाट निस्कने तर औषधिको भर पर्नुभन्दा यस प्रकारको समस्याको स्थायी समाधानको लागि मान्छे आफ्नो स्वभाविक जीवन व्यवहारमा फर्कनु पर्ने उहाँको भनाई छ।

मास्टरले कोभिड संक्रमणको बारेमा विशेष इम्प्रेसन दिँदै भन्नु हुन्छ यो एउटा विशेष संकेत हो।जसलाई धार्मिक गुरु र उच्चपदस्थ नेताहरुले बुझ्नसक्नु पर्छ। उहाँको भनाईमा संक्रमित रोगहरुको इतिहास हेर्दा एचआइभि एड्स चिंपान्जीबाट,मेडकाओ गाइबाट,बर्डफ्लु कुखुराबाट, ईबोला चमेराबाट आयो। कोरोना पनि चमेरा जातिकै प्याङ्गुलिन पँक्षीबाट आयो।यी सबै संक्रमण माहामारी हुन्।त्यस्तै प्रकारबाट हेपाटाइटिस्, साल्योनेला, ईकोलाई, सेल्पिसपोइजनिङ्ग, मर्कुरी पोइजनिङ्ग, एलार्जिक रियाक्सन माछा एवं सामुद्रिक जन्तुबाट आएका हुन् ।

जसरी लौकिक तथा भौतिक गल्ती गर्दा राज्यबाट सजाय पाइन्छ । त्यसै गरी जीवजन्तुहरु प्रति मान्छेले गर्ने हिंसात्मक गल्तीको पनि आध्यात्मिक सजाय हुन्छ । जुन यतिबेला कोरोनामार्फत मिलिरहेको छ । जनावरलाई मार्नु भनेको सांसारभरी युद्ध, अनिकाल, रोगको प्रकोप, प्राकृतिक प्रकोप जस्ता समस्या निम्त्याउनु हो । निरीह प्राणी जीवजन्तुको हत्या गर्नु भनेको समग्रमा रोग, शोक, भोगमरी, दैविक विपत्ति आदिको कारण हो । विश्वब्रह्माण्डको विनाश निम्त्याउनु हो।

जनावरको पनि आत्मा हुन्छ।उनीहरुलाई हत्या गर्दा उनीहरुले पनि आफ्नै तरिकाबाट ईश्वरलाई पुकारा गरिरहेका हुन्छन्।त्यो पुकारालाई ईश्वरले सुन्नुपर्छ र सुन्छन् अथवा नसुन्न मिल्दैन।यस्तै कारणबाट फैलिएको कोभिडको महामारी हो। तर,यसको बारेमा वास्तविक कारण खोजिएको छैन।बाहिरी औषधिको कुरा गर्दै मान्छे दौडिरहको छ।मान्छेले मानवीयताको व्यवहार गर्न खोजेन भने सधैंभरी लकडाउनमा पर्नसक्छ।

चिङ्हाई गुरुले गर्ने ध्यानको मेथोड लाइट एण्ड साउण्ड मेडिटेसन जसलाई क्वान इन मेडिटेसन पनि भनिन्छ ।सो ध्यान भगवान कृष्ण, शाक्यमुनी बुद्ध, जिसस्क्राइस्ट, कन्फुसियस, लाओत्से, महावीर जैन, प्रोफेट मोहमद र गुरुनानकहरुले गर्ने ध्यान रहेको बताइएको छ।

मास्टर चिङ्हाईले कोभिड लगायतको बारेमा बताउनु भएका भिडियोहरु सुप्रिम मास्टर टिभि युट्युबच्यानलमार्फत हेर्न सकिन्छ । जसमध्य एउटा भिडियो रहेको छ।- इनेप्लिज